काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य « Khabarhub

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले आक्रामक ब्याटिङले लुम्बिनीले १५८ रनको लक्ष्य पाएको छ । 

काठमाडौं १७ ओभरको चौथो बलमा ७ विकेटको क्षतिमा ११७ रनको अवस्थामा पुगेको थियो । त्यसपछि क्रिजमा गएका करण केसीले ११ बलमा ३४ रन प्रहार गर्न १ चौका र ४ छक्का प्रहार गरे ।

करणको आक्रामक ब्याटिङले काठमाडौं निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको सम्मानजनक अवस्थामा पुगेको हो । करण नै यस इनिङको सर्वाधिक रनकर्ता हुन् ।

काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३ चौकाको सहयोगमा ३२ रन जोडे । अर्का ओपनर बेन चार्ल्सवर्थ एक बल सामना गरेर रनको खाता नखोली आउट भए । 

यी दुवै ओपनर लुम्बिनीका शेर मल्लको बलको सिकार भएका हुन् । 

सन्तोष यादवले काठमाडौंको ब्याटिङ थोरै भए पनि उकासे । काठमाडौं ११ ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा ७३ रनको दयनीय अवस्थामा हुँदा सन्तोष क्रिजमा छिरेका थिए । उनले १६ बलमा २ छक्काको सहयोगमा २६ रन जोडे । 

उनी १६ ओभरको दोस्रो बलमा आउट हुँदा काठमाडौं ११७ रनको अवस्थामा पुगेको थियो ।

काठमाडौंका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान १७–१७ र रसिद खानले १४ रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

रुबेन ट्रम्पेलम्यानले रसिद खानको महत्वपूर्णसहित २ विकेट लिए । रोहितले १२ औं ओभरमा २ विकेट लिए । उनले जोन सिम्पसन र मिलिन्द कुमारको विकेट लिएका हुन् । 

गुलबदिन नैबले गेरहार्ड इरास्मस र मोहम्मद आदिल आलमको विकेट लिए ।

लुम्बिनीका अभिनाश गौतम खर्चिला बलर बने । उनले २ ओभर बलिङ गर्दा विकेटरहित बन्दै २२ रन खर्चिए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ३९ बजे

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर