काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य « Khabarhub

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले आक्रामक ब्याटिङले लुम्बिनीले १५८ रनको लक्ष्य पाएको छ । 

काठमाडौं १७ ओभरको चौथो बलमा ७ विकेटको क्षतिमा ११७ रनको अवस्थामा पुगेको थियो । त्यसपछि क्रिजमा गएका करण केसीले ११ बलमा ३४ रन प्रहार गर्न १ चौका र ४ छक्का प्रहार गरे ।

करणको आक्रामक ब्याटिङले काठमाडौं निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको सम्मानजनक अवस्थामा पुगेको हो । करण नै यस इनिङको सर्वाधिक रनकर्ता हुन् ।

काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३ चौकाको सहयोगमा ३२ रन जोडे । अर्का ओपनर बेन चार्ल्सवर्थ एक बल सामना गरेर रनको खाता नखोली आउट भए । 

यी दुवै ओपनर लुम्बिनीका शेर मल्लको बलको सिकार भएका हुन् । 

सन्तोष यादवले काठमाडौंको ब्याटिङ थोरै भए पनि उकासे । काठमाडौं ११ ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा ७३ रनको दयनीय अवस्थामा हुँदा सन्तोष क्रिजमा छिरेका थिए । उनले १६ बलमा २ छक्काको सहयोगमा २६ रन जोडे । 

उनी १६ ओभरको दोस्रो बलमा आउट हुँदा काठमाडौं ११७ रनको अवस्थामा पुगेको थियो ।

काठमाडौंका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान १७–१७ र रसिद खानले १४ रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

रुबेन ट्रम्पेलम्यानले रसिद खानको महत्वपूर्णसहित २ विकेट लिए । रोहितले १२ औं ओभरमा २ विकेट लिए । उनले जोन सिम्पसन र मिलिन्द कुमारको विकेट लिएका हुन् । 

गुलबदिन नैबले गेरहार्ड इरास्मस र मोहम्मद आदिल आलमको विकेट लिए ।

लुम्बिनीका अभिनाश गौतम खर्चिला बलर बने । उनले २ ओभर बलिङ गर्दा विकेटरहित बन्दै २२ रन खर्चिए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ३९ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ