काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके एआई गुगल टिभीका तीन मोडेल-६५” (६५जीटीभीयू५), ५५” (५५जीटीभीयू५) र ४३” (४३जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका प्रतिनिधि अनुसार, ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो ।
मुख्य एआई विशेषताहरू
एआई स्किन डिटेक्सन : मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
एआई मोशन स्पष्टता : द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा मोशन ब्लर र घोस्टिङ घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
एमईएमसी (मोर फ्रेमस्, मोर क्लियर): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
एआई संवाद स्पष्टता वृद्धिकर्ता: एआई अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
फाइन माई रिमोट कन्ट्रोल: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।













प्रतिक्रिया