ताइवानद्वारा चीनमा विकसित एआई सिस्टमको प्रयोगमाथि प्रतिबन्ध « Khabarhub

ताइवानद्वारा चीनमा विकसित एआई सिस्टमको प्रयोगमाथि प्रतिबन्ध


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले चीनमा विकसित आर्टिफिसियल इन्टिलिजेन्स सिस्टमको प्रयोगमाथि प्रतिबन्धको घोषणा गरेको छ । यससँगै अब ताइवानका सरकारी निकायहरुमा चीनमा विकसित भएका एआई सिस्ट प्रयोग गर्न पाइने छैन ।

चीनबाट उत्पन्न हुने साइबर सुरक्षाको जोखिम र मिथ्या सूचनाको प्रवाह रोक्नका लागि यस्तो घोषणा गरिएको ताइपेई टाइम्सले जनाएको छ । यसबारे ताइवानकी डिजिटल मामिलासम्बन्धी उपमन्त्री इसाबेल होउले औपचारिक घोषणा गरेकी हुन् ।

टाइमसका अनुसार ताइवानको राष्ट्रिय सुरक्षा ब्यूरोले चिनियाँ एआई मोडलहरुबाट उल्लेख्य सुरक्षा जोखिम रहेको पत्ता लगाएको थियो । यसरी सुरक्षा जोखिम उत्पन्न गर्ने चिनियाँ एआई मोडलमा डिपसिक, डोओबाओ, यियान, टोङ्ग्यी र युआनबाओ छन् ।

यस्ता एआई मोडलले चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन गर्दै सूचना प्रवाह गर्ने जनाइएको छ । समाचारमा जनाइए अनुसार यी मोडलहरुले ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार गर्ने, राजनीतिक हिसाबमा निश्चित भाष्यलाई प्रोत्साहन गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : २८ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको