काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ « Khabarhub

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने २२ वर्षीय सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने २६ वर्षीय रमेश कालम छन्।

उनीहरूले कात्तिक ३० गते काठमाडौं महानगरपालिका–३०, रातोपुल मुनाल गल्लीस्थित एक घरमा ढोकाको ताल्चा फुटाई कोठामा राखिएको लकरसहितको सुनचाँदीका गहनाहरू चोरी गरेका थिए।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार उनीहरूलाई पक्राउ गरेको हो।

सोधपुछको क्रममा उनीहरूले डेरामा लुकाईछिपाई राखेको नगद, सुन तथा चाँदीका गरगहनालगायत विभिन्न सामानहरू बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले तीन लाख नगद, सुनचाँदीसहित अन्य सामानहरू बरामद गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : २७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था