१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी « Khabarhub

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन्।

‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ। त्यो अनुदान रकम यही १३ गते (मंसिर) भित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’ किसान महेशचन्द्र यादवले भने।

उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरू बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरूको माग छ।

उखु किसानहरूले आज कृषिमन्त्री डा.मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन्।

माग पूरा नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरू पूरा गराउन बाध्य गराइने उनीहरूले बताए।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : २७ बजे

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल

कांग्रेसले कान्छराम तामाङलाई सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ