यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात « Khabarhub

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। साउदी अरबविरुद्ध निजकुमार यादवको शतकीय इनिङमा नेपालले आठ विकेटको जित निकाल्दै शानदार सुरुवात गरेको हो।

यूएईको अजमानस्थित करवान ग्रुप मैदानमा नेपालले साउदीलाई आठ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।

साउदीले दिएको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि यादवले ९० बलमा १३ चौका र एक छक्कासहित एक सय १४ रन बनाए। निश्चल क्षेत्रीले ६६ र वंश क्षेत्रीले ३० रन थपेका थिए।

पहिले ब्याटिङ गरेको साउदीले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो। साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाउँदा मोहम्मद रेहान सिद्दीकीले ४१ र ओमै अहमद वहाबले ३९ रन थपेका थिए।

बलिङमा नेपालका अशोक धामीले दुई विकेट हात पार्दा दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशीलबहादुर रावल र दयानन्द मण्डलले एकएक विकेट लिएका थिए। नेपालले दोस्रो खेलमा हङकङसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : २८ बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश