प्रधानमन्त्री ओली विहीवार अजरबैजान जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली विहीवार अजरबैजान जाँदै


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि बाकु जाने छिन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलनअन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि नामका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनअघि भोलि कात्तिक ४ गतेदेखि बाकुमा उच्च अधिकारीहरुको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक हुनेछन् । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरुको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा तथा बाकु घोषणापत्रलाई निष्कर्षमा टुङ्ग्याइनेछ ।

नामको संस्थापक राष्ट्र नेपाल स्थापनाकालदेखि नै सक्रिय रहँदै आएको छ । असंलग्नताका सिद्धान्त नेपालको परराष्ट्र नीतिका अभिन्न तत्व हुन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ४९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा