कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। बिहीबार बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सरेको हो।

पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेको कांग्रेसले पटकपटक बैठक सार्दै आइरहेको छ।

असोज २८ गते सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको केन्द्रीय समिति बैठक अझै पनि टुंगिएको छैन।

महामन्त्रीद्वय गगकुमार थापा र विश्वप्रकाश शर्माहरु तत्कालै विशेष् महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन समूह (सभापति शेरबहादुर देउवा) समूह भने फागुनको २१ को प्रतिनिधि सभा निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

महामन्त्री थापा अब नियमित महाधिवेशनको च्याप्टर सकिएको र विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताउँदै आएका छन्।

यही विषयमा सहमति नहुँदा कांग्रेस बैठक सर्दै आइरहेको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ४६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले