एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार « Khabarhub

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन्।

बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले भने, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।”

कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए। कुमारले भने, “मैदानमा आउदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”

आज सम्पन्न विराटनगर किङ्ससँगको खेलमा उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे । १९ वर्षीय देब्रे हाते स्पिनर बलर रहेका रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगरको यात्रामा ब्रेक लाग्यो । उनी ‘प्लेयर अफ दी म्याच’ बने ।

लगातार तीन खेल जितेको विराटनगर चौथो खेलमा चितवनसँग पराजित भएको हो । पराजित भएपछि विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउँदै आगामी खेलमा पुनरागमन गर्ने बताए । उनले नेपाली क्रिकेटको प्रशंसा गर्दै एनपिएल नवयुवा खेलाडीका लागि राम्रो प्लेटफर्म रहेको धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ५२ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक