एनपीएल : लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा « Khabarhub

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्।

बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो खेलमा दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले पहिलो अंकका लागि संघर्ष गर्नेछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित यात्रालाई कायम राख्न चाहन्छ । यता लगातार दुई हारको सामना गरेको रोहितकुमार पौडेल कप्तानीको टिम लुम्बिनी कमब्याक गर्न चाहन्छ ।

यता तेस्रो खेल खेल्न लागेका जनकपुर र पोखरा भने अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् । आजको प्रतिस्पर्धाबाट दुवै टिम खाता खोल्न चाहन्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ३९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको