प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला « Khabarhub

प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो ।

गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् ।

‘हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौँ’, उनले भने, ‘दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ । अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन् । भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’

गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीय देउकुमारी तामाङले बताइन् । गाईपालनबाट आफूले मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्न थालेको उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : ०१ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई