चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै « Khabarhub

चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे । पुलका निम्ति चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उनले बताए ।

२०८३ साल पुस ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ ।

पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताए । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : ०९ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी