एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने « Khabarhub

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटी नेपाली कम्युनिस्ट पार्टीमा नजाने  भएको छ ।

जिल्ला कमिटी अध्यक्ष विमल जोशीले १२१ सदस्यीय कमिटीमध्ये ९१ जनाको बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएका छन्  ।

उक्त निर्णयमा सचिव दीर्घ जोशी पनि सहमत रहेको अध्यक्ष जोशीले बताए ।

‘हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपामा पुष्पकमल दाहाल प्रचण्ड हुन्जेल कम्युनिस्ट पार्टी हुनै नसक्ने देखेर ती दुवै दलमा सामेल नहुने निर्णय गरेका छौँ’, उनले भने।

उनले एमाले र नेकपा दुवैमा नजाने बताएका छन् । ‘हामी प्रचण्ड नेतृत्वको नेकपा र ओली नेतृत्वको एमालेमा जाँदैनौँ’, उनले भने, ‘अब कता जाने निर्णय चाँडै सार्वजनिक गर्छौँ ।’

शुक्रबार प्रचण्ड र माधव नेपाल धनगढीमा हुने  सन्देश सभालाई सम्बोधन गर्न पुग्दै छन् । यस्तोमा प्रदेश राजधानी रहेको कैलाली जिल्ला कमिटीले माधव नेपालको निर्णयलाई अस्वीकार गरिदिएको हो । धनगढीमा नेता डा. भीम रावलको नेतृत्वमा सन्देश सभा हुँदै छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : ४४ बजे

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, वरिष्ठ नेता बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल