पूजा र आकाशको ‘पोइ पर्‍यो काले’ ले दर्शक तान्ला ? « Khabarhub

पूजा र आकाशको ‘पोइ पर्‍यो काले’ ले दर्शक तान्ला ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ को रिलिज मिति नजिक आउँदैछ । यो फिल्म यही कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । चर्चाका हिसाबले यी सबै आ–आफ्नै फ्यान फलोइङ भएका कलाकार हुन् ।

तर, फिल्मको चर्चा भने त्यति हुन सकेको छैन । रिलिजको एक हप्तामात्र बाँकी रहँदा फिल्मको खासै क्रेज देखिएको छैन ।

चलचित्रमा रुपका हिसाबले कालो श्रीमान परेको कुरालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । शिशिर रानाको लेखन तथा निर्देशन रहेको यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । कमेडी कथामा निर्माण भएकाले पनि फिल्म चल्ने अनुमान गरिएको छ ।

सृष्टि खड्का, राजाराम पौडेल, विन्दा खतिवडा, सुरक्षा पन्त, किरण नेपाली लगायतका कलाकारको समेत रहेको यो फिल्मलाई दीपक मनाङे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

रिलिजअघि फिल्मले औसत प्रतिक्रिया पाए पनि रिलिजपछि भने दर्शक हलसम्म तान्ने अनुमान किन पनि गरिएको छ भने चलचित्र कमेडी पनि छ । साथै लोकप्रिय कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ५८ बजे

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक