कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न « Khabarhub

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टीभित्र देखिएको अनिश्चितता र निर्णयहीनताले संगठन गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वको भूमिकामाथि कडा प्रश्न उठाएको छ।

अभियानका तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक जीवन, महाधिवेशन प्रक्रिया र विधानको सम्मान सम्बन्धमा अहिलेको केन्द्रीय नेतृत्व जिम्मेवार हुनुपर्ने उल्लेख छ।

अभियानका अनुसार करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले निरन्तर बेवास्ता गरेको भन्दै गम्भीर असन्तोष व्यक्त गरिएको छ। 

उनीहरूले आफ्नो सबै पहल विधानको दायराभित्र रहेर भइरहेको स्पष्ट गर्दै नियमित महाधिवेशनको मिति तोक्न आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगर्ने र केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइराख्ने प्रवृत्तिलाई गैरजिम्मेवार व्यवहारका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले केवल कार्यतालिका होइन, पूर्ण महाधिवेशन नै मागेका हौँ। हामीले चुनावअघिको शक्ति व्यवस्थाको पुनरावृत्ति होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं।’ अभियानले कुनै पनि बहाना वा अविश्वसनीय नियमित महाधिवेशन तालिकाले विशेष महाधिवेशनको वैधानिक मागलाई निष्क्रिय बनाउन नसक्ने चेतावनी दिएको छ।

अभियानले नेतृत्वसँग सीधा प्रश्न पनि राखेको छ -विधान सबैका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन, र पार्टी, लोकतन्त्र तथा देशको हित सर्वोपरि हो कि व्यक्तिगत स्वार्थ र आकांक्षा।

उनका अनुसार पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन सम्पन्न हुनु आवश्यक छ। विज्ञप्तिमा पदभन्दा पार्टी र देशको हितलाई अग्रसर राख्न सबैलाई आह्वान गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १ : ३८ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक