कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न « Khabarhub

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टीभित्र देखिएको अनिश्चितता र निर्णयहीनताले संगठन गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वको भूमिकामाथि कडा प्रश्न उठाएको छ।

अभियानका तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक जीवन, महाधिवेशन प्रक्रिया र विधानको सम्मान सम्बन्धमा अहिलेको केन्द्रीय नेतृत्व जिम्मेवार हुनुपर्ने उल्लेख छ।

अभियानका अनुसार करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले निरन्तर बेवास्ता गरेको भन्दै गम्भीर असन्तोष व्यक्त गरिएको छ। 

उनीहरूले आफ्नो सबै पहल विधानको दायराभित्र रहेर भइरहेको स्पष्ट गर्दै नियमित महाधिवेशनको मिति तोक्न आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगर्ने र केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइराख्ने प्रवृत्तिलाई गैरजिम्मेवार व्यवहारका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले केवल कार्यतालिका होइन, पूर्ण महाधिवेशन नै मागेका हौँ। हामीले चुनावअघिको शक्ति व्यवस्थाको पुनरावृत्ति होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं।’ अभियानले कुनै पनि बहाना वा अविश्वसनीय नियमित महाधिवेशन तालिकाले विशेष महाधिवेशनको वैधानिक मागलाई निष्क्रिय बनाउन नसक्ने चेतावनी दिएको छ।

अभियानले नेतृत्वसँग सीधा प्रश्न पनि राखेको छ -विधान सबैका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन, र पार्टी, लोकतन्त्र तथा देशको हित सर्वोपरि हो कि व्यक्तिगत स्वार्थ र आकांक्षा।

उनका अनुसार पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन सम्पन्न हुनु आवश्यक छ। विज्ञप्तिमा पदभन्दा पार्टी र देशको हितलाई अग्रसर राख्न सबैलाई आह्वान गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : ३८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर