वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन « Khabarhub

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व संकलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम संकलन गरेको हो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपि अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने संकलन हुन सकिरहेको छैन,’उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।’ 

महानगरले चालु आवको चार महिनामा भूमिगत-मालपोत करतर्फ  ३७ लाख ६७ हजार ९८० राजस्व संकलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने दुई करोड राजस्व संकलन गरेको छ ।

अखेटोपहारमा लाग्ने करतर्फ भने पाँच करोड १० लाख राजस्व संकलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व संकलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : १६ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता