महरालाई अदालत पुर्‍याइयो, होला म्याद थप ? | Khabarhub Khabarhub

महरालाई अदालत पुर्‍याइयो, होला म्याद थप ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ ।

आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भएसँगै महरालाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

हिरासतमा राख्न अदालतले दिएको तीन दिनको सकिएसँगै महरालाई आज पुन अदालत लगिएको हो । महराको वयान नसकिएका कारण उनलाई हिरासतमा राख्न थप सयम माग गर्ने तयारी गरिएको छ ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका कारण महराको वयान हुन सकेको थिएन । आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो । महाराले यसअघि वायन दिन अस्वीकार गर्दै आएका थिए

पुन म्याथ थप माग गरिने

अनुसन्धानका लागि समय अपुग भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी सरकारी वकिलले गरेका छन् ।

पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको थियो । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ३१ बजे

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी