प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद « Khabarhub

प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद थालेकी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने मत राखेकी उनले पहिलो पटक दोस्रो तहका नेतासँग सिधा संवाद गरेकी हुन् ।

उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू बालुवाटार पुगेका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको उथलपुथलले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सेनाको हेलिकप्टरमा चढेर भाग्नु परेको थियो ।

त्यसपछि भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी कार्की र तीन दलका शीर्ष नेताबीच संवाद हुन सकेको छैन । तर बुधबार एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेसँगै कार्कीले नेताहरूलाई बालुवाटार बोलाएर संवाद गरेकी हुन्। यससँगै एमाले र अन्तरिम सरकारबीच पहिलो पटक वार्ताको ढोका पनि खुलेको छ।

बालुवाटारमा अहिे जारी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् ।

एमालेका तर्फबाट महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला सहभागी छन्। कार्की गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री भएकी हुन् । उनले फागुन २१ गते कुनै हालतमा चुनाव गर्ने बताएकी छन् ।

तर पछिल्लो समय जेन-जीहरू र एमालेबीच मुठभेटको अवस्था बनिरहेका बेला सरकारले संवाद थालेको हो । एमालेले यो सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ५९ बजे

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको