प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट « Khabarhub

प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट गरेका छन् ।

प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरे । 

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिए । 

उनले भने, ‘हामी स्पष्ट छौँ । चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै । चुनाव नै अबको एक मात्र निकास हो ।’

उनले तराई–मधेसको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महत्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह गरे ।
 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ३५ बजे

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता

काठमाडौं- भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका विभिन्न जिल्लामा १४ वटा

सेवा विस्तार गर्दै कोशी अस्पताल

विराटनगर– कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड