कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता « Khabarhub

कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता भएकामध्ये २१४ फर्स्याैट भइसकेको जानकारी दिए ।

उनका अनसार उत्त अवधिमा जबरजस्तीकरणीका १७८, बहुविवाहमा ३६ करणी उद्योगमा २७, बालयौन दुराचारका ३६, अवैध गर्भपतनका दुई, बोक्सी आरोपका एक, जातीय छुवाछूतका एक, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्दा फस्र्यौट भएका थिए ।आव २०८०/८१ मा ८८४ वटा मुद्दा दर्ता भएकोमा ७८४ वटा फस्र्यौट भएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ८ : ५४ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम