चीन–इयूबीचको सम्बन्ध प्रगाढ बनाउन फ्रान्ससँग बेइजिङको आग्रह « Khabarhub

चीन–इयूबीचको सम्बन्ध प्रगाढ बनाउन फ्रान्ससँग बेइजिङको आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका निभाउनुपर्ने चिनियाँ उच्च कुटनीतिज्ञले बताएका छन् । पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका खेल्नेमा चीन आशावादी रहेको बेइजिङका शीर्ष कूटनीतिज्ञले बिहीबार फ्रान्सेली राष्ट्रपतिका सल्लाहकारसँग बताएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनका वरिष्ठ कुटनीतिज्ञ वाङ यीले फ्रान्सका कुटनीतिज्ञ इम्यानुयल वोनलाई गरेको टेलीफोन वार्तामा उहाँले फ्रान्सले इयूलाई चीनप्रति सकारात्मक र तर्कसंगत नीति अपनाउन प्रोत्साहित गर्ने र चीन–ईयू सम्बन्धको स्वस्थ विकासलाई सही मार्गमा अघि बढाउन सहयोग गर्ने बताएका छन् ।

उनले भने “अन्तर्राष्ट्रिय परिस्थिति अशान्ति र परिवर्तनले जोडिएको छ र यस परिस्थितिमा दुई देशबीच गहिरो सम्बन्धको आवश्यकता हुनेछ ।” फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले बेइजिङ भ्रमणमा जानुभन्दा केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फ्रान्सले अर्को वर्ष जी–७ को अध्यक्षता सम्हालेपछि म्याक्रोँले आर्थिक र व्यापारिक मामिलाहरू उठाउने अपेक्षा गरिएको छ । चीन सदस्य नभएको प्रजातान्त्रिक औद्योगिक समूह राष्ट्रहरूको सङ्गठन जि–७ को अध्यक्षता हाल क्यानडाले गरिरहेको छ ।

वाङले फ्रान्सलाई एक चीन सिद्धान्तको पालना गर्न पनि आग्रह गर्नुभयो । बेइजिङले ताइवानको स्वशासित टापुलाई आफ्नो भूभागको रूपमा दाबी गर्दछ र विश्व समुदायसँग एक चीन नीतिको समर्थन गर्न आग्रह गर्दै आएको छ।

जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमाथि आक्रमण भएमा टोकियोले सैन्य हस्तक्षेप गर्न सक्ने टिप्पणी गरेपछि चीन र जापानबीचको सम्बन्ध यसै महिना चिसिएको बेला उहाँको टिप्पणी आएको हो। वाङले ताकाइचीको टिप्पणीलाई ‘उत्तेजक’ भन्दै बेइजिङको अडानलाई दोहो¥याए र फ्रान्स र चीनले ‘एक अर्काको मुख्य हितसँग सम्बन्धित मुद्दाहरूमा एक अर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्ने’ बताए ।

राष्ट्रपति म्याक्रोँले दक्षिण चीन सागरको अवस्थालाई युक्रेनको युद्धसँग जोडेपछि चीनले ताइवानप्रति फ्रान्सको अडानको आलोचना गरेको थियो । म्याक्रोँले मेमा एक सम्बोधनमा भने, “यदि रूसलाई प्रतिबन्ध बिना युक्रेनमा आक्रमण गर्न अनुमति दिइयो भने, ‘ताइवानमा के हुन सक्छ’रु”

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ०२ बजे

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई

सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ?

काठमाडौं– नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभाको बैठकमा सरकारले सुकुम्बासी बस्तीमाथि

संसद्‍मा प्रतिपक्षीहरू आक्रमक, एमाले सांसदले भनिन्, ‘सरकार नियन्त्रित तानाशाहीको बाटोमा जाँदैछ’

काठमाडौं- नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको

‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत

काठमाडौं – लगातार फ्लप फिल्म दिइरहेका नायकहरू सौगात मल्ल र

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को  पूर्ण