जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव  « Khabarhub

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम ह्वात्तै बढ्ने गर्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जाडोमा मानिसहरूले गर्ने सामान्य गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । 

जाडो मौसममा रक्तसञ्चार प्रणाली र मुटु दबाबमा रहने हुनाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । डा। अनिलले आफ्नो पछिल्लो भिडियो सन्देशमार्फत जाडोमा स्वस्थ रहन व्यायाम, खानपान, औषधोपचार र अन्य सावधानीबारे महत्त्वपूर्ण ४ सुझाव दिएका छन् । 

१-व्यायामको नयाँ सत्र : ‘गति घटाउने, समय बढाउने’

डा. अनिलका अनुसार धेरैजसो मानिसले जाडोमा सुगर र प्रेसर बढेको गुनासो गर्छन्, जसको मुख्य कारण व्यायाम छोड्नु हो । उनले जाडोमा ‘मर्निङ वाक’ वा व्यायाम छोड्नुको सट्टा समय अवधि बढाउन सुझाव दिएका छन् । गर्मी महिनामा तपाईँ ४० मिनेटमा ४ किलोमिटर हिँड्नुहुन्थ्यो भने, जाडोमा त्यति नै दूरी पार गर्न ५० मिनेट लगाउनुहोस्, डा. अनिलले भनेका छन् हिड्ने गति घटाउँदा मुटुमा पर्ने लोड कम हुन्छ, तर व्यायामको फाइदा भने मिलिरहन्छ । 

साथै बिहान घरभित्रै केही बेर शरीर तताएर र प्रशस्त पानी पिएर मात्र बाहिर निस्किन उनको सुझाव छ। अत्याधिक चिसो भएको बेला वा प्रदूषण बढी भएको समयमा घरभित्रै व्यायाम गर्न र बेलुका खाना खाएर चिसोमा नहिँड्न उनले आग्रह गरेका छन् । 

२- खानपानमा सुन्तलादेखि लसुनसम्म

जाडोमा पाचन शक्ति बलियो हुन्छ भन्दैमा भोजभतेरमा धेरै खाने बानी घातक हुन सक्ने डा।. अनिलले बताए । उनका अनुसार रातो मासु र बोसोयुक्त खाना कम गर्नुका साथै नुनको मात्रा पनि घटाउनुपर्छ । जाडोमा पाइने सुन्तला, अम्बा, अमला जस्ता फलफूल र हरियो सागसब्जीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएका यस्ता खानेकुराहरू खान डा. अनिलको सुझाव छ । 

त्यस्तै अदुवा, लसुन, मरीच र दालचिनी जस्ता मसलाले शरीरलाई न्यानो राख्न मद्दत गर्छन् । तर शरीर तताउने बहानामा रक्सी र चुरोट सेवन नगर्न उनले चेतावनी दिएका छन् । 

३- औषधिमा खेलाँची नगर्ने 

दीर्घरोगीहरूले जाडोमा आफूखुसी औषधि छोड्ने वा मात्रा घटाउने गल्ती गर्न नहुनेमा डा. अनिलको जोड छ । विशेषगरी रगत पातलो गर्ने औषधि  र रक्तचापका औषधिहरू नियमित खानुपर्ने उनको भनाइ छ। जाडोमा सामान्यतया रक्तचाप बढ्ने भएकाले समय समयमा जचाउनुपर्ने र चिकित्सकको सल्लाह बिना औषधिको डोज चलाउन नहुने उनले बताए । 

४- हिटर र गिजरको प्रयोगमा सावधानी

जाडो छल्न प्रयोग गरिने हिटर र आगोले पनि मानिसको ज्यान लिन सक्ने तर्फ डा।अनिलले सचेत गराएका छन् । झ्याल ढोका बन्द गरेर हिटर वा कोइला बाल्दा अक्सिजनको कमी र कार्बन मोनोअक्साइड ग्यासका कारण निसास्सिएर मृत्यु हुन सक्ने जोखिम हुन्छ । त्यसैले सुत्नुअघि कोठा तातो बनाउने र सुत्ने बेलामा हिटर बन्द गर्ने वा भेन्टिलेसनको व्यवस्था गनुपर्छ उनले भने । 

साथै, लामो समय आगो वा हिटर तापेर बस्दा रक्तनली फ्रिजीने हुनाले एक्कासी उठ्दा रिँगटा लागेर लड्ने जोखिम हुने हुँदा होसियार रहन उनले सुझाव दिएका छन् । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : १८ बजे

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान