निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान « Khabarhub

निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरूलाई आग्रह गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरूले निर्वाचनको उचित वातावरण बने आफूहरू भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय सङ्घर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए ।

 उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगायतका विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले संसद् पुनस्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुङ्ग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे ।  

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए । एमाले नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए । उनले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरूसँग भेटेपछि धेरै कम भएको महसुस भएको उल्लेख गरे ।

छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ३८ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका