जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने     « Khabarhub

जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने    


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सिसिटिभी क्यामराहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ ।  

सिसिटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैयाँ र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाकी १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अर्थात् सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ ।

 जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सिसिटिभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । 

जेन-जी आन्दोलनका क्रममा धेरै सिसिटिभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरी भएको थियो । 

विराटनगरको रानी देखि बुढीगंगा गाउँपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सिसिटिभी क्यामेरा रहेकोमा जेन-जी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : २५ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य