जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने     « Khabarhub

जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने    


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सिसिटिभी क्यामराहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ ।  

सिसिटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैयाँ र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाकी १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अर्थात् सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ ।

 जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सिसिटिभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । 

जेन-जी आन्दोलनका क्रममा धेरै सिसिटिभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरी भएको थियो । 

विराटनगरको रानी देखि बुढीगंगा गाउँपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सिसिटिभी क्यामेरा रहेकोमा जेन-जी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : २५ बजे

संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व