श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु « Khabarhub

श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलंका संकटमा परिरहेको छ । बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडकहरू जलमग्न भएका छन् भने थुप्रै स्थानमा पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ ।

राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलियाको मध्य पहाडी क्षेत्र विशेष प्रभावित बनेका छन् । त्यहाँ बिहीबार गएको पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला र नुवारा एलिया क्षेत्रमा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन् । साथै, देशका अन्य धेरै भागमा खसेका पहिरोका कारण थप व्यक्तिले ज्यान गुमाउनुपरेको छ । 

लगातारको भारी वर्षाले जलाशय तथा नदीहरू भरिँदै गएको र सडकहरू अवरुद्ध भएको जनाइएको छ । ढुङ्गा, माटो तथा रुखहरू सडक र रेलमार्गमा खसेपछि थुप्रै ठाउँमा यातायात सेवा बन्द गरिएको छ, केही स्थानमा रेल सेवा समेत रोकिएको छ ।

स्थानीय टेलिभिजनले बिहीबार बाढीले घेरिएको घरको छतमा फसेका तीन व्यक्तिलाई श्रीलंका वायु सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको दृश्य प्रसारण गरेको थियो । 

त्यस्तै, नौसेना तथा प्रहरीले पनि विभिन्न स्थानमा डुङ्गाको सहायताले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् । पूर्वी सहर अम्पारा नजिकै बाढीको पानीले कार बगाउँदा तीन यात्रुको निधन भएको दृश्यसमेत बिहीबारको फुटेजमा देखाइएको छ ।

बढ्दो वर्षा र निरन्तर बिग्रँदो मौसमका कारण जोखिम अझै उच्च रहेको भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ४५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर