देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै « Khabarhub

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछन् ।

१८ महिना वरिष्ठ भए पनि शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गर्न लागेका हुन् ।

रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ । आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय गरेको थियो । उनी त्यसबेला सर्वोच्च अदालत पनि गए।

तत्कालीन देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना कनिष्ठ धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनले अवकाश पाएका थिए ।

उनले त्यसपछि देउवासम्म पहुँच भएकाबिचौलियाले आईजीपी बन्न ७ करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा गरे । तर आफूले उक्त कुरा अस्वीकार गरेपछि आईजीपी बन्नबाट रोकेको उनले दाबी गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २४ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको