विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा बन्द  « Khabarhub

विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा बन्द 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ । 

केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो । केन्द्रका कार्यकारी निर्देशक डा.कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको अवकाश भएपछि गत साउनदेखि कलेज प्रत्यारोपण रोकिएको जानकारी दिइन् । वि.सं २०७३ देखि केन्द्रमा कलेज प्रत्यारोपण हुँदै आएको थियो । 

‘कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा एकजना मात्र विशेषज्ञ चिकित्सक डा श्रेष्ठ हुनुहुन्थ्यो’, उनले भनिन्, ‘उहाँको अवकाश भएपछि अहिले कोही पनि सर्जन हुनुहुन्न । त्यही भएर हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ ।’ निर्देशक डा.श्रेष्ठले कलेजो प्रत्यारोपण रोकिएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई पनि गराइसकेको बताइन् ।

‘विभागीय मन्त्रालयसहित मन्त्रीलाई पनि हामीले कलेजो प्रत्यारोपण सेवा विशेषज्ञको अभावले रोकिएको जानकारी गराइसकेका छौँ’, उनले भनिन्, ‘मन्त्री र सचिवले यस विषयलाई गम्भीरताका साथ लिँदै विशेषज्ञको खोजी गरिरहेको जनाउनुभएको छ ।’ निर्देशक श्रेष्ठले कलेजो प्रत्यारोपण विशेषज्ञको खोजी भइरहे पनि अहिलेसम्म सेवा सञ्चालन भने गर्न नसकिएको बताइन् ।

यसअघि केन्द्रबाट ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । केन्द्रमा पहिले विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिँदै आइए पनि अहिले नेपालका दक्ष जनशक्तिबाट सेवा प्रवाह हुँदै आएको थियो । 

नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा पनि हुने गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : १३ बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल