मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण « Khabarhub

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्‍याएको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेका छन् । 

बाढीका कारण त्यस क्षेत्रका सडक एवम पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका थिए । 

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए ।

अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।

गत वर्षको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्‍याएको थियो । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ५२ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको