कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ « Khabarhub

कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वपर्यटमन्त्री एवम् नेकपा (एमाले) का संघीय मामिला तथा प्रशासन विभाग सदस्य कृपाशुर शेर्पाले भोजपुर जिल्ला कमिटीले आफूविरुद्ध कारबाही गरेकामा आपत्ति जनाएका छन्।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले कुनै पनि रूपमा पार्टी वा नेतृत्वलाई असर पर्ने अभिव्यक्ति नदिएको बताएका छन् । तर कारबाहीको चर्चा बाहिर ल्याएर झूटो भ्रम छरिएको उनले बताएका छन् ।

शेर्पाले मोरङ जिल्ला कमिटीको आन्तरिक प्रतिस्पर्धासम्बन्धी आफूले गरेको टिप्पणीलाई आधार बनाएर कारबाही गर्न खोजिएको बताए । उनले उक्त टिप्पणीमा पार्टीविरुद्ध कुनै शब्द वा आशय नभएको दाबी गर्दै, ‘कुन वाक्यले पार्टीलाई असर गरेको हो?’ भनेर प्रश्न उठाएका छन् ।

उनले कारबाहीका खबरबारे जिल्ला कमिटीसँग जानकारी माग्दा नेताहरूले आफूहरू दबाबमा परेर निर्णय गरेको संकेत दिएको बताए। ‘म केन्द्रीय विभाग सदस्य हुँ भने कारबाहीको अधिकार जिल्ला कमिटीलाई छ?,’ उनले प्रक्रियामाथि यसरी प्रश्न उठाएका छन्।

शेर्पाले कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले व्यक्तिगत कारणले निरन्तर प्रतिशोध राख्दै आएको आरोप लगाएका छन् । ‘शेरधन राईकै निर्देशनमा कारबाही प्रक्रिया चलाइएको जिल्ला कमिटीका नेताहरूले मलाई बताएका छन्,’ उनले भने ।

उनले यो कारबाहीबाट पार्टीप्रतिको आफ्नो निष्ठा कुनै पनि कारबाहीले कमजोर नपार्ने स्पष्ट गरे । ‘कसैले निकालेर वा कारबाही गरेर मेरो विचार बदलिन्न। जीवनभर पार्टीको झन्डै ओढेर बिदा हुने मेरो सपना यथावत छ’, उनले भने ।

शेर्पाले व्यक्तिगत रिस–इर्षाका कारण पार्टी कमिटीलाई हतियार बनाउने प्रवृत्तिप्रति सचेत रहन एमाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ३० बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको