पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू) « Khabarhub

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी शुक्रबार उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताको उपस्थितिमा बनस्थलीस्थित घण्टीघर पुगेर राजनीतिक यात्रा थालेका हुन् ।

१८ महिना वरिष्ठ भए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गरेका हुन् ।

रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ । आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय गरेको थियो । उनी त्यसबेला सर्वोच्च अदालत पनि गएका थिए।

तत्कालीन देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना कनिष्ठ धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी नियमित अवकाशमा गएका थिए ।

उनले त्यसपछि देउवासम्म पहुँच भएका बिचौलियाले आईजीपी बन्न ७ करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा गरे । तर आफूले उक्त कुरा अस्वीकार गरेपछि आईजीपी बन्नबाट रोकेको उनले दाबी गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५१ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा