बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश « Khabarhub

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा बसिर अहमदको आक्रामक ब्याटिङले हारको मुखमा पुगेको विराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।

थ्रिलिङ खेलमा विराटनगरका बसिरको ब्याटिङको आडमा कर्णालीले पराजित बन्न पुगेको हो । पाँच ओभर ४ बलमा तेस्रो विकेट गएपछि क्रिजमा आएका बसिरले अन्तिमसम्म टिकेर ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

टस हारेर १६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका बसिरले अन्तिम ओभरको पाँचौ बलमा छक्का प्रहार गरी टिमलाई जिताएका हुन् । अन्तिम २ बलमा विराटनगरलाई जितका लागि चार रनको आवश्यक थियो ।

विराटनगरले १९ ओभर ५ बलमा ७ विकेटको क्षतिमा १६३ रनमा बनाएर ३ विकेटको जित निकालेको हो ।

यो जितसँगै विराटनगर लगतार दोस्रो हारबाट बचेको छ । अघिल्लो खेलमा यो टिम चितवन राइनोजसँग पराजित भएको थियो । त्यसअघिका तीन खेलमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग भने विजयी भएको थियो ।

कर्णालीले भने सिजनका ४ खेलमा तीर हार र दुई जित निकालेको छ । अघिल्ला तीन खेलमा कर्णालीले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको थियो भने लुम्बिनी लायन्ससँग जित हासिल गरेको थियो ।

कर्णालीसँग जित निकाल्न विराटनगरका नारायण जोशीले २५, सहिल पटेलले १९ र साम हिजलेटले १६ रन जाडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

कर्णालीविरुद्धको बलिङमा विराटनगर फितलो देखिएको थियो । कर्णालीका प्रियांक पञ्चालले ६३ रन प्रहार गरेका थिए । विलियम बोसिस्टोले ४८ बलमा अविजीत ४८ रन जोडे ।

दोस्रो विकेटको लागि प्रियांक र बोसिस्टोले ९६ रनको साझेदारी गरेका थिए । दोस्रो विकेट लिन नै विराटनगरले ११ ओभरभन्दा लामो संघर्ष गर्नुपरेको थियो ।

कर्णालीको पहिलो विकेट २ ओभरको ५ बलमा गुमेको थियो । दोस्रो विकेट गुम्न खेल १६ ओभरको ३ बलमा पुग्न प¥यो । कर्णालीले ३ विकेटको क्षतिमा १६१ रनको लक्ष्य दिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ३२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल