‘जेनजी’का मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन « Khabarhub

‘जेनजी’का मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२) ‘जेनजी’ आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छन्।

सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘जेनज’ प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए। सरकारका अधिकारीहरूले ‘जेनजी’का तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन दिइन्।

‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ, हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म व्यहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ९ : ०० बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज