दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग « Khabarhub

दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उठेको छ ।

महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुङ्ग्याइएको आरोप छ । उनले यसलाई पार्टीको लोकतान्त्रिक अभ्यास माथिको प्रत्यक्ष प्रहार भनेका छन्।

विवादको मुख्य केन्द्रमा महासचिव शंकर पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको दाबी गरिरहेको भन्दै गौतमले यो सत्य भए विधानकै धज्जी उडाइने गम्भीर विषय हुने बताएका छन् ।

महासचिवको नाम दुरुपयोग गरेर स्वेच्छाचारिता वैध ठहर्‍याउने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ ।

गौतमले चार प्रमुख त्रुटि उठाएका छन्–
१) निर्वाचन प्रक्रिया नै सुरु नगरी प्रतिनिधि घोषणा ।
२) महासचिवको नाम जोडेर मनपरी निर्णय ।
३) विधान र नियमावलीको स्पष्ट उल्लङ्घन ।
४) हजारौँ सङ्गठित सदस्यको मताधिकार खोसिएको अवस्था ।

उनले दाङमा गरिएको प्रतिनिधि छनोट तत्काल खारेज गर्न, विधानअनुसार निष्पक्ष र पारदर्शी प्रक्रिया पुनः सुरु गर्न र स्वेच्छाचारिता गर्ने जिल्लास्तरका नेतामाथि कारबाही गर्न माग गरेका छन् ।

गौतमले यस्तो अभ्यासले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने चेतावनी पनि दिएका छन् । दाङका पार्टी सदस्य र समर्थकलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक अभ्यासका लागि साथ दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ४६ बजे

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना