दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग « Khabarhub

दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उठेको छ ।

महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुङ्ग्याइएको आरोप छ । उनले यसलाई पार्टीको लोकतान्त्रिक अभ्यास माथिको प्रत्यक्ष प्रहार भनेका छन्।

विवादको मुख्य केन्द्रमा महासचिव शंकर पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको दाबी गरिरहेको भन्दै गौतमले यो सत्य भए विधानकै धज्जी उडाइने गम्भीर विषय हुने बताएका छन् ।

महासचिवको नाम दुरुपयोग गरेर स्वेच्छाचारिता वैध ठहर्‍याउने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ ।

गौतमले चार प्रमुख त्रुटि उठाएका छन्–
१) निर्वाचन प्रक्रिया नै सुरु नगरी प्रतिनिधि घोषणा ।
२) महासचिवको नाम जोडेर मनपरी निर्णय ।
३) विधान र नियमावलीको स्पष्ट उल्लङ्घन ।
४) हजारौँ सङ्गठित सदस्यको मताधिकार खोसिएको अवस्था ।

उनले दाङमा गरिएको प्रतिनिधि छनोट तत्काल खारेज गर्न, विधानअनुसार निष्पक्ष र पारदर्शी प्रक्रिया पुनः सुरु गर्न र स्वेच्छाचारिता गर्ने जिल्लास्तरका नेतामाथि कारबाही गर्न माग गरेका छन् ।

गौतमले यस्तो अभ्यासले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने चेतावनी पनि दिएका छन् । दाङका पार्टी सदस्य र समर्थकलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक अभ्यासका लागि साथ दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ४६ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता