हाम्रा माग पूरा नभए चुनाव हुनै सक्दैन : दुर्गा प्रसाईं « Khabarhub

हाम्रा माग पूरा नभए चुनाव हुनै सक्दैन : दुर्गा प्रसाईं


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी भइरहेको बताएका छन् ।

शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रुपमा जानकारी गराएको भन्दै छिटै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए । उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रुपमा लिएको जानकारी दिए ।

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलब वृद्धि गर्नुपर्ने, हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने लगायतका मागबारे स्पष्ट रुपमा जानकारी गराइएको बताए ।

उनले आफूहरूको माग पूरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनै नसक्ने दावी गरे । प्रसाईंले आफूहरू आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : ०३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री