सुदूरपश्चिमले गुमायो दोस्रो विकेट « Khabarhub

सुदूरपश्चिमले गुमायो दोस्रो विकेट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १ ओभर ३ बलमा क्रिस लिनको विकेट गुमाएको हो ।

उनलाई जनकपुरका सञ्जय कृष्णमुर्तीले आउट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे ।

उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ । प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

सुदूरपश्चिम आज विजयी भए प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ । आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ४६ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट