सुदूरपश्चिमले गुमायो दोस्रो विकेट « Khabarhub

सुदूरपश्चिमले गुमायो दोस्रो विकेट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १ ओभर ३ बलमा क्रिस लिनको विकेट गुमाएको हो ।

उनलाई जनकपुरका सञ्जय कृष्णमुर्तीले आउट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे ।

उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ । प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

सुदूरपश्चिम आज विजयी भए प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ । आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ४६ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४