पाँच खेलमा शत प्रतिशत नतिजा निकालेको सुदूरपश्चिम प्लेअफमा « Khabarhub

पाँच खेलमा शत प्रतिशत नतिजा निकालेको सुदूरपश्चिम प्लेअफमा


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता गर्‍यो । यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि नै प्लेअफ पुगेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिनु १४ बल अघि नै चार विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ५६ रन बनाए । ३५ बलको सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, विकेटकिपर ब्याटर विनोद भण्डारीले ४९ बलमा ४२ रन जोडे । यस क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे ।

जनकपुरका माज शदाकतले दुई विकेट लिए । त्यसैगरी, सञ्जय कृष्णमुर्ती र आदित्य महताले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १ सय ४५ रन बनायो ।

जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे । उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : १४ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी