महाधिवेशन प्रतिनिधि बन्न पाएनन् एमाले अछामका अध्यक्ष « Khabarhub

महाधिवेशन प्रतिनिधि बन्न पाएनन् एमाले अछामका अध्यक्ष


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एघारौँ महाधिवेशनका लागि अन्य सबै जिल्लाका अध्यक्षहरू छानिँदा अछाममा भने अनौठो दृश्य देखिएको छ । अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरूको छनोट भइरहँदा अध्यक्ष शिवप्रसाद उपाध्याय नै रोकिएका छन् ।

यहाँ एमाले अछामका अध्यक्ष उपाध्यायले आफ्नो नोमिनेशन नै फिर्ता लिनुपर्ने अवस्था आएको छ। खुलातर्फको चारवटा कोटमा उपाध्यक्षसहित ६ जनाको उम्मेदवारी परेको थियो। चार जनाको कोटमा ६ जनाको उम्मेदवारी परेपछि अध्यक्ष उपाध्यायले नै पछि हट्नु परेको छ।

उनी र प्रदेश कमिटी सदस्य भीमबहादुर विष्टले उम्मेवारी फिर्ता लिएपछि अन्य चारजना सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेका छन् ।

चुनाव भएको अवस्थामा परिणाम आफ्नो पक्षमा पर्न नसक्ने डरका कारण उपाध्याय पछि हटेको एमालेकै एक नेताले बताएका छन् । उपाध्याय र विष्ट पछि हट्दा पूर्वअध्यक्ष चन्द्रबहादुर बोहोरा, पूर्वसचिव भीमबहादुर रावल ‘कालोटोपी’, पूर्वउपाध्यक्ष बलबहादुर कुँवर र पूर्वप्रदेश कमिटी सदस्य बमबहादुर बिसी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका छन्।

अध्यक्ष उपाध्यक्ष र नेता विस्ट पछि हट्दा खुलामा चारैजना निर्विरोध चयन भएका छन् । एमालेबाट निकालिएपछि नेकपामा सक्रिय भीम रावलको जिल्लासमेत रहेको अछाममा पछिल्लो समय एमाले दिनदिनै कमजोर बनिरहेको छ। त्यहाँ एकपछि अर्का कार्यकर्ताले पार्टी छाडिरहँदा जिल्ला अध्यक्ष नै महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको अर्को अनौठो घटना भएको छ।

यो क्षेत्रबाट महिलामा दुईजना सरिता उपाध्याय र निर्मलाकुमारी धमला महाधिवेशन प्रतिनिधि भएका छन् । उता ४० वर्षमुनिको कोटाबाट टोपबहादुर शाही महाधिवेशन प्रतिनिधि बनेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ०२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण