कांग्रेस महाधिवेशन पुस मसान्तभित्र गर्न नेताहरूबीच भद्र सहमति : कल्याण गुरुङ « Khabarhub

कांग्रेस महाधिवेशन पुस मसान्तभित्र गर्न नेताहरूबीच भद्र सहमति : कल्याण गुरुङ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसभित्र डेढ महिनादेखि जारी अनिश्चितता अन्त्य हुने सङ्केत देखिएको छ । उक्त कुराबारेको जानकारी एक नेताले दिएका हुन् ।

१५औँ महाधिवेशनको तालिका र समयसीमाबारे सहमति खोज्ने प्रयास तीव्र भइरहेका बेला केन्द्रीय सदस्य कल्याण गुरुङले नेतृत्वबीच शनिबार भद्र सहमति बनेको दाबी गरेका छन् ।

गुरुङका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा १५औँ महाधिवेशन २०८२ साल पुस मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

उनले दुवै नेताको लचकता र प्रयासका कारण महाधिवेशन कार्यतालिका अब चाँडै सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन् ।

सहमतिको मुख्य बुँदा–
– महाधिवेशन २०८२ साल पुस मसान्तभित्र सम्पन्न गर्ने ।
– त्यही अवधिभित्र विस्तृत कार्यतालिका ल्याउने
– केन्द्रीय क्रियाशील छानबिन समितिसहित आवश्यक संरचनाहरू गठन गर्ने ।
– निर्वाचन प्रक्रियालाई केन्द्रीकृत गर्दै समन्वय समितिहरू बनाउने ।

गुरुङले महाधिवेशन वैशाखमा गर्नुपर्ने धारणा धेरैमा भए पनि नेतृत्वले निकालेको सहमतिलाई आफूले स्वीकार र स्वागत गर्ने बताए।

पार्टीभित्रका सबै धारणा हालका लागि थाती राखेर पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णयलाई साथ दिन उनले अपिल गरे ।

यस प्रक्रियामा सहयोग गरेको भन्दै उपसभापति, महामन्त्री, सहमहामन्त्री, पूर्वपदाधिकारी, नेता डा. शेखर कोइराला र केही केन्द्रीय सदस्यलाई उनले धन्यवाद दिएका छन् ।

कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुने समय नजिकिँदै गर्दा अन्तिम सहमतिले कस्तो मोड लिन्छ भन्ने चासो थपिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ५० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम