छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ « Khabarhub

छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न कसैलाई नरोकिने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आफूलाई अध्यक्षमा चुनौती दिन तयार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई छेवैमा राखेर यस्तो बताएका हुन् ।

उनले एघारौँ महाधिवेशनमा चुनाव हुने बताउँदै प्रतिस्पर्धाका लागि कसैलाई नरोक्ने उल्लेख गरे । ‘महाधिवेशनमा चुनाव हुन्छ । प्रतिस्पर्धा गर्न दिइन्छ। प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौँ’, उनले भने, ‘हामीले रोजेर नै ल्याएका हौँ प्रतिस्पर्धाको विधि। त्यसमा हामी सबैलाई छुट दिन्छौँ । प्रतिस्पर्धा गर्न हामीलाई निषेध गर्दैनौँ ।’

उनले सार्वभौम एमाले कार्यकर्ताका सार्वभौम प्रतिनिधिलाई केन्द्रीय कमिटीमा उठ्न रोकतोक नगरिने बताए । उनले यसो भनिरहँदा अध्यक्षका लागि तम्तयार वरिष्ठ उपाध्यक्ष पोखरेल छेवैको कुर्सीमा थिए । पोखरेलले यस पटकको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् ।

तर शनिबार भएको महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले ओलीलाई बलियो देखाएको छ। भूगोलका प्रतिनिधि घटाएर जनसंठन, विभाग र आयोगबाट धेरै ल्याउने व्यवस्थाका कारण ओलीले तेस्रो पटक अध्यक्ष हुन आफूलाई कसैले रोक्न नसक्ने हिसाब निकालेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ५४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री