भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन बनाउने « Khabarhub

भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन बनाउने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन निर्माण गर्ने भएको छ । तीन मुलुकबीच त्रिपक्षीय नवप्रवर्तन साझेदारीबारे सम्झौता भएको हो ।

तीन देशका प्रधानमन्त्रीबीच भएको बैठकमा यस्तो सहमति जुटेको समाचारमा जनाइएको छ । जी २० को सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीच भेटवार्ता भएपछि यस्तो सहमति भएको हो ।

तीन मुलुकबीच संवेदनशील तथा उदीयमान प्रविधिको क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउन समेत सहमति जुटेको भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । तीन मुलुकले हरित ऊर्जाको क्षेत्रमा नवप्रवर्तनमा विशेष जोड दिन पनि सहमति जनाएका छन् ।

यस पहललाई अघि बढाउनका लागि सन् २०२६ को शुरुवातमा तीन वटै मुलुकका अधिकारीको बैठक डाकिने तय भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ०१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात