एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा « Khabarhub

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।  

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । 

तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यु-१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ ।
 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ५ : ५१ बजे

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल