चिनियाँ प्रतिनिधिको भ्रमणका बेला मोबाइल, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाका सांसदलाई आग्रह « Khabarhub

चिनियाँ प्रतिनिधिको भ्रमणका बेला मोबाइल, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाका सांसदलाई आग्रह


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ प्रतिनिधिको भ्रमणका बेला आफ्नो मोबाइल फोन, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाको संघीय संसदका सदस्यहरुलाई आग्रह गरिएको छ । संसदको प्रशासन शाखाले यस्तो आग्रह गरेको हो ।

अस्ट्रेलियाको संसदीय सेवा विभागले संसद सदस्यहरुलाई इमेल पठाउँदै यस्तो आग्रह गरेको हो । उक्त विभाग संसदीय मामिला हेर्ने अस्ट्रेलिया सरकारको एकाइ हो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसको प्रमुख झाओ लेजीको अस्ट्रेलिया भ्रमणका क्रममा यस्तो आग्रह जारी गरिएको हो । ल्यापटप, मोबाइल फोन र इन्टरनेट बन्द गर्नका लागि गरिएको आग्रहलाई अस्ट्रेलियाकी साइबर सुरक्षा मामिलाबारे छायाँमन्त्री क्लेरी चान्डलरले ‘अत्यन्त चिन्ताजनक’ रहेको टिप्पणी गरेकी छिन् ।

उनले संसदले जारी गरेको यस्तो आग्रहले संवेदनशील डेटाको सुरक्षामा जोखिम उत्पन्न गरेको पनि बताएकी छिन् । संसद भ्रमणका क्रममा झाओ लेजीले विभिन्न किसिमका भेटवार्ता र रात्रिभोजमा सरिक भएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ८ : ०० बजे

सरकारका प्रवक्ता पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका

आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।