सबै प्रकारका महिला हिंसा कम गर्न कानुन निर्माण गर्छौंः मुख्यमन्त्री कार्की « Khabarhub

सबै प्रकारका महिला हिंसा कम गर्न कानुन निर्माण गर्छौंः मुख्यमन्त्री कार्की


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताएका छन् ।

रङ्गेली नगरपालिकाद्वारा आज ३४औँ अन्तरराष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान–२०२५ अन्तर्गत एकदिने किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेशसभाबाट आवश्यक कानुन निर्माण गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले महिला हिंसा घृणित कार्य हो भन्ने कुरा सबै पुरुषले सङ्कल्प गरेमा समाजबाट यो हट्ने बताए । उनले किशोरीको महिनावारी बढ्दो उमेरसँगै यो प्राकृतिक प्रक्रिया भएकाले त्यसबेला परिवारका अभिभावकले पोषिलो खाना, हौसला प्रदान एवं स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने सुझाव दिए ।

प्रदेश सरकार विद्यालय र क्याम्पसलाई लागूपदार्थ दुव्र्यसन मुक्त बनाउन, विद्यार्थीलाई नैतिकवान् बनाउन र समाजलाई चरित्रवान् बनाउन ‘म अघि बढ्छु’ अभियानलाई दिगो र स्थायी बनाउन कानुन निर्माण गरी सबै पालिकालाई सहभागी गराइने मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले समाजबाट महिला हिंसा अन्त्य गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । इटहरी नगरपालिकाका प्रमुख दिलीप अग्रवाल (वगडिया), उपप्रमुख झुमाकुमारी निरौला, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष विष्णु शर्मा पन्त लगायतले समाजमा छोराछोरीबीच हुने भेदभाव र महिला हिंसा कम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : १० बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ