विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान « Khabarhub

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले नयाँ कीर्तिमान बनाएका हुन्।
सचित तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेर विराटले दुलर्भ कीर्तिमान बनाएका हुन्।

यसअघि सचिनसँग बराबरी गरेका विराटले अब सचिनको कीर्तिमान भंग गरेका हुन्। यसअघि विश्व क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान भारतीय क्रिकेटका हस्ती सचिनको नाममा थियो। उनले एक दिवसीय खेलमा ५१ शतकको रेकर्डलाई बनाएका हुन्। कोहोलीले उक्त रेकर्डलाई अब भंग गरेका हुन। यो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक हो।

सचिनको रेकर्ड तोडेको खेलमा भारत १७ रनले विजयी भयो। सुरुमा ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३४९ रन बनाएको थियो। उसका लागि विराटले १२० बलको सामना गर्दै १३५ रन बनाए। यो खेलमा एक दिवसीय खेलमा सर्वाधिक ३५२ छक्का पूरा गर्दै रोहित शर्मालेसमेत नयाँ रेकर्ड बनाएका छन्।

३५० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९ ओभर २ बलमा अलआउट हुँदा ३३२ रन बनाएको थियो। भारत १७ रनले विजयी भएको खेलमा विराटले १०२ बलमा कीर्तिमानी शतक पूरा गरेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ३६ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४