घुससहित मालपोत कार्यालयका २ कर्मचारी पक्राउ | Khabarhub Khabarhub

घुससहित मालपोत कार्यालयका २ कर्मचारी पक्राउ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले मालवफत कार्यालय पोखराका दुई जनालाई घुस सहित पक्राउ गरेको छ ।

आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका प्रकाश पौडेल र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका मनोहरी भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४:३० बजे नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ४५ बजे

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

बागलुङ– शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर