वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल « Khabarhub

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच छलफल भएको हो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले व्यवसायमा देखापर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाए ।

साथै उनले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गरे।

स्वास्थ्य व्यवसायी महासङ्घका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताए । व्यवसायी सङ्घका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताए ।

अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय प्रविधिमैत्री तालिम सुविधा वृद्धि गर्ने कार्य भइरहेको र अनुभवी प्रशिक्षणसमेत सहभागिता बढ्न थालेको प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ३३ बजे

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक

आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको

पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र

बाढीपीडितको सहारा बन्न नेपालमा सोनु

चलचित्रको पर्दामा खलनायकको भूमिका निभाएर दर्शकलाई रोमाञ्चित गर्ने बलिउड अभिनेता

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा