सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत « Khabarhub

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महाेत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गरिरहेका छन् । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक सात लाख बचत गर्दै आएका हुन् ।

अहिले लालबाबुको दैनिकी बिहान ५ बजेदेखि बेलुकाका ५ बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउँछन् ।

फूलखेतीमा उनलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गरेका छन् । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताए । उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । ‘एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ’, उनले भने ।

उनले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाएका छन् । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताए । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ ।

‘एउटा सयपत्री फूल उनेको मालाको ५० देखि ७० पर्छ । घरमा आएका व्यापारीलाई ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको छ’, लालबाबुका छोरा विकासले भने । थोकमा प्रतिकिलो चारदेखि ५०० सम्ममा बिक्री गर्दा दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने उनले जानकारी दएि ।

लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन् । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर सात लाखसम्म बचत हुने गरेको उनले जानकारी दएि । (रासस)

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : १३ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज