मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार « Khabarhub

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।

एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश संविधानविपरीत रहेको बताए ।

उनले सर्वोच्चको आदेशमा असन्तुष्टि जनाउँदै संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको उल्लेख गरे । उनले सर्वोच्चको आदेश संविधानसँग बाझिएको जिकिर पनि गरेका छन् ।

आफूले फैसलाको सम्मान गर्ने भन्दै उनले अदालतले व्यक्तिभन्दा संविधान, कानुन, न्याय हेरेर फैसला गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै अध्यक्ष ओलीले जेन-जी आन्दोलनलाई क्रान्ति भन्दै केही मान्छेहरूले त्यसको लाभ लिइरहेको तर्क गरे ।

अवैध सिफारिसमा असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन भएको दोहोर्‍याउँदै उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउन प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्ने बताए ।

अध्यक्ष ओलीले देशको पक्षमा काम गर्ने एमाले मात्रै भएकाले निरन्तर हमला भइरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : ४० बजे

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर