लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक « Khabarhub

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ।

मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनी १० वर्षदेखि नेपालमा रहेको र घर निर्माणको काम गर्ने व्यक्ति भएको खुलेको छ। उनी काठमाडौँको धोवीचौरमा बस्दै आएका थिए।
दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै दुर्घटनामा २ जना ट्राफिक प्रहरी घाइते भएका छन्। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन्।

कार २ जनालाई ठक्कर दिएर केशर महलको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : ३९ बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा