लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने « Khabarhub

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायमा परिपत्र गरेको छ ।

वडा तहबाट सिफारिस गर्दै गाउँ/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशहुँदै केन्द्रमा सिफारिस गर्ने गरी कांग्रेसले परिपत्र गरेको हो। कांग्रेसले गरेको परिपत्रले यसअघि सार्वजनिक लाभको पदमा बसेर पार्टीलाई नियमअनुसार बुझाउनुपर्ने लेबी नबुझाएकाहरूलाई उम्मेदवारको ढोका बन्द गरिदिएको छ।

परिपत्रको ३.१० बुँदामा भनिएको छ, ‘पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिएबमोजिमको सहयोग रकम (लेबी) तोकिए बमोजिमको पार्टी निकायमा बुझाउनुपर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।’

यसअघि महामन्त्री गगन थापाले पार्टीमा गरेको ब्रिफिङमा स्थानीय तहका पदाधिकारीसहित पार्टीबाट निर्वाचित भएका व्यक्तिहरूले बुझाउनुपर्ने लेबी रकम नबुझाएको उल्लेख थियो।

यसअघि पनि लेबी रकम बुझाउन पटकपटक स्थानीय तहका पदाधिकारीहरूलाई परिपत्र गरिएको थियो। कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट प्राप्त हुने लेबी भने संसदीय दलबाट निर्णय गरी सिधै पार्टीको खातामा जम्मा हुने गरी व्यवस्थापन गर्ने गरेको छ। तर, स्थानीय तहका पदाधिकारीले भने आफ्नो जिल्ला कार्यसमितिमार्फत् केन्द्रमा पठाउनुपर्ने प्रावधान रहेको छ।

कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कम्तिमा एक महिलासहित तीनजना र समानुपातिकतर्फ कम्तिमा एक महिलासहित दुईजना सिफारिस गर्न परिपत्र गरेको छ।

वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाहुँदै प्रदेशबाट मंसिर २९ गतेभित्र उमेदवार सिफारिस गरिसक्न परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : १२ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज